३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दोलखामा मंसिर १५ गते पुनः निर्वाचन हुने



 

१२ मंसिर ०७९, काठमाडौं  । दोलखामा रद्द भएका दश मतदान केन्द्री मंसिर १५ गते बिहीबार पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी दिए । बैत्यश्वरको वडा नं. ६ को क,ख,ग केन्द्र, वैत्यश्वरको ३ कालिढुङ्गाको पनि क,ख,ग केन्द्रमा पुन निर्वाचन हुन लागेको हो ।

त्यस्तै बैत्यश्वर २ को जनज्योति विद्यालयको क र ख तथा तामाकोसीको हेल्थपोस्ट केन्द्रको क र ख केन्द्रको निर्वाचनपनि सोही दिन हुनेछ । निर्वाचन आयोगले हिजो निर्वाचन रद्द गर्दै मंसिर १५ चित्र चुनाव गराउन निर्देशन दिएको थियो । मंसिर चार गते भएको निर्वाचनका क्रममा १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।

निर्वाचन आयोगको स्थलगत टोलीको सिफारिस अनुसार ति स्थानमा पुन निर्वाचन गर्न लागिएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।