
२० मंसिर ०७९, काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सारिएको छ । सोमबार राति अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय सारिएको हो ।
बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरु राति तीन वटा ट्रकमा सारिएको जनाइएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री कार्यालय सारेपछि अब मुख्यमन्त्रीको कामकाज स्थायी राजधानीबाटै हुनेछ । मुख्यमन्त्री कार्यालय स्थानान्तरणका लागि देउखुरीमा रहेको भवन मर्मत गरिएको छ । स्थायी राजधानी कार्यान्वयनका लागि मुख्यमन्त्री केसीले केहि दिनदेखि देउखुरीमै बसेर तयारी गरेका थिए ।
नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ पनि स्थायी राजधानीमै गर्ने तयारी छ । मुख्यमन्त्री कार्यालय स्थानान्तरण भएपछि अब मन्त्रालयहरु यसै महिना भित्रै सार्ने तयारी छ ।







प्रतिक्रिया