२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सोमबारसम्म दलहरुले बुझाएको समानुपातिक सांसदको विवरण सच्चाउन सक्ने



sf7df8f}F, @) df3 M g]kfn sDo”lgi6 kf6L{ -g]skf_ k|r08–g]kfn ;d””xsf cWoIf k”iksdn bfxfn …k|r08Ú, jl/i7 g]tf emngfy vgfnnufot dªunaf/ sflGtkyl:yt lgjf{rg cfof]udf cflwsfl/tf bfaL k]z u/L aflxl/g] qmddf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

२५ मंसिर ०७९, काठमाडौं । सोमबार (भोलि) दिउँसो ४ बजेसम्म निर्वाचन आयोगमा दलहरुले बुझाएको समानुपातिक सांसदको विवरण सच्चाउन सक्ने भएका छन् । आयोगले सूचना निकालेर भोली सोमबार दिउँसो ४ बजेसम्मको समय दिएको छ ।

दलले बुझाएको नामावली जाँचबुझ गरेर समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । दलहरुले प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेर हिजो शनिबार ७ दलले नामावली बुझाएका छन् ।

प्रतिनिधि सभामा १ सय १० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए ।निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद निर्वाचित भएको एक हप्ताभित्र मंसिर ४ गते भएको चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने तयारी गरेको छ।

 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।