१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यादेशविरूद्ध अनेरास्ववियुको प्रदर्शन



२७ मंसिर ०७९,काठमाडौं । सरकारले विभिन्न मुद्दामा कसुर ठहर भई सजाय भोगिरहेका कैदीबन्दीलाई छुट दिन अध्यादेशमार्फत फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई लिएर एमालेको भ्रातृ संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।
मंगलबार त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थी तथा नेताहरुले उक्त निर्णयविरुद्ध नाराबाजी गरेका हुन् । सत्ता सौदाबाजीका लागि अध्यादेश ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयविरुद्ध उनीहरुले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयविरुद्ध सत्तारूढ कांग्रेसकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र सांसद प्रदीप पौडेल समेत उभिएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  २ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।