२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी



vaccine khop sui

 पुस ०७९, काठमाडौं ।  सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने आकलनसहित बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरेको छ । पहिलो र दोस्रो पूर्ण खोप लगाइ बुस्टर डोज लगाएकाहरुलाई थप डोज दिने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकाहरुलाई थप मात्रा दिने तयारी छ । अहिले दुई मात्रा लगाएकालाई दिने बुस्टर मात्रा खोपको लागि १५ लाख डोज मगाइएको र अबको दुई हप्तापछि खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) खोप लगाउन आग्रह गर्दै आएको छ । मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।