२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीले गरे सिंहदरबार पुगेर पदबहाली




११ पुस ०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गरेका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यसलगत्तै उनले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा पुगेर नेकपाका संस्थापक महासचिवलाई स्मरण गरेका छन् ।

त्यसपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उनले शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरे । त्यसलगत्तै उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् । प्रधानमन्त्रीको पद बहालीलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।