३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन



१५ पुस ०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू नगर्न निर्देशन दिएका छन् ।

आजदेखि लागू गर्ने भनिएको एमडीएमएस लागू नगर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् । भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रधानमन्त्रीले अहिलेलाई लागू नगर्न निर्देशन दिएपछि हाललाई योजना स्थगित हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि यो प्रणाली सञ्चालनमा ल्याउने भन्दै मोबाइल अनिवार्य दर्ता गर्न सूचना जारी गरेको थियो । मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना हुँदै आएको थियो ।

सरकारले विदेशबाट फर्कने नेपालीले एकथान मोबाइल ल्याउँदा पनि १८ प्रतिशत कर लिन लागेपनि वैदेशिक रोजगारीमा रहेका नेपालीले त्यसको विरोध गर्दै आएका छन् । त्यसको विरोधमा सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ ह्यासट्याग अभियान समेत शुरु भएको थियो । अनधिकृतरूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्ने भन्दै भन्दै एमडीएमए प्रणालीलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।