२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट



१७ पुस ०७९, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आइतबार बिहान बसेको संसदीय दलको बैठकबाट उनलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो । भट्ट पार्टीका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य समेत हुन् । उनी योपटकको प्रदेशसभा निर्वाचनमा डडेधुराबाट निर्वाचित भएका थिए । सत्ता गठबन्धनबाट उनलाई प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।