२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान



१७ पुस ०७९, काठमाडौं ।  प्रदेश १ मा प्रदेश प्रमुख परशुराम खापुङले एक हप्ताको समय दिएर बहुमतसहित नयाँ सरकार गठनको दाबी गर्न समय दिएका छन् । नयाँ सरकारको दाबी गर्ने दलले आउँदो आइतबार बेलुका ५ बजेसम्म बहुमत पेश गर्नुपर्नेछ ।

प्रदेश सभामा कुनै पनि दलले बहुमत हासिल गर्न नसकेकाले दुई वा दुईभन्दा धेरै दल मिलेर सरकार गठन गर्नुपर्ने अवस्था रहेकोमा आउँदो आइतबारसम्म बहुमतसहित सरकारको दाबी गर्न आग्रह गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ जना सांसदको आवश्यक पर्छ । प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ४ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।