२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मापदण्डभन्दा बढी धूँवा फाल्ने २२ सवारी साधनका चालक कारबाहीमा



१९ पुस ०७९, काठमाडौं । मापदण्डभन्दा बढी धूँवा फाल्ने २२ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्। काठमाडौंको नक्सालमा सोमबार गरिएको विशेष चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २२ वटा सवारी साधनका चालक कारबाहीमा परेका हुन्।

मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे सवारी साधनका चालक कारबाहीमा परेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

वातावरण विभाग बबरमहल तथा ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले नक्सालमा ४२ वटा सवारी साधनलाई चेक गर्दा २२ कारबाहीमा परेका हुन्। सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिनेछ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।