
१९ पुस ०७९, काठमाडौं । मापदण्डभन्दा बढी धूँवा फाल्ने २२ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्। काठमाडौंको नक्सालमा सोमबार गरिएको विशेष चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २२ वटा सवारी साधनका चालक कारबाहीमा परेका हुन्।
मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे सवारी साधनका चालक कारबाहीमा परेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।
वातावरण विभाग बबरमहल तथा ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले नक्सालमा ४२ वटा सवारी साधनलाई चेक गर्दा २२ कारबाहीमा परेका हुन्। सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिनेछ ।







प्रतिक्रिया