३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु



फाइल तस्बिर

पाल्पा
२१ पुस । पाल्पाको पूर्वखोला गाउँपालिका ३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।
बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला ३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्र्याक्टरको ट्रलीमा सवार सारुलाई एक्कासि सडकमा खस्दा सोही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८ः३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ८ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।