
काठमाडौं, २५ पुस । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदैछन् । त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयमा लैजाने निर्णय गरेको छ।







प्रतिक्रिया