८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेश १ को सभामुखमा गौतम निर्विरोध



काठमाडौं, २८ पुस । प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।
सभामुखमा माओवादी केन्द्रका सांसद गौतमको एकल उम्मेदवारी परेको थियो । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । सभामुख गौतमले आजै शपथ लिने तयारी छ । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार १ बजे शपथ ग्रहण गर्ने तयारी भएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।