८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार



काठमाडौं, २९ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्रले आज सरकारमा सहभागिता जनाएको छ ।
माओवादी केन्द्रका दुई र एमालेका थप एक गरी तीन जना मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभन्दा अगाडि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका हुन् ।
माओवादीबाट तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त भएका हुन् । सोमबार प्रदेश १ मा मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  २ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।