३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश



नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले शुक्रबार वामपन्थी नेता घनश्याम भुसाललाई पार्टी प्रवेशका क्रममा स्वागत गर्नु हुँदै । तस्वीर : विमलबहादुर विष्ट/रासस

काठमाडौं
२९ पुस । नेकपा एमालेका पूर्व–उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।
गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।