३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यति विमान दुर्घटनाः १२ शवको पहिचान, तीन जनाको खोजी जारी



काठमाडौं, १ माघ । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार तीन जनाको खोजी कार्य जारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । उद्धारमा खटिएका अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकरीले चार जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर सेती नदीमा परिचालन गरेका छन्
दुर्घटनामा परेका ६९ जनाको शव संकलन गरिसकिएको छ । यति एयरलाइन्सले पनि ६९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुर्घटनामा परेका अन्य चार जनाको खोजी भइरहेको छ ।
खोज तथा उद्धार समन्वयन केन्द्रले शव प्राप्त भएकामध्ये १२ जनाको सनाखत गरिएको जानकारी दिएको छ । बाँकीको पनि सनाखत प्रक्रिया जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।