२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने



काठमाडौं, १३ माघ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। शुक्रबारको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी समय तोकेका हुन् । बैठकले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद्का महासचिव डा. भरतराज गौतमलाई निर्देशनसमेत दिएको छ ।
राष्ट्रिय सभाका तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएपछि उक्त पद एक वर्षदेखि रिक्त छ ।
शुक्रबार तीन मिनेट ५४ सेकेण्ड मात्र बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको थियो ।
निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।