४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


म परिचय नभएको अनागरिक भएको छुुः लामिछाने



काठमाडौं, १३ माघ । सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन् । संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।
उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरे । ’अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ?’ उनले भने, ’अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु ।’

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।