३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


राष्ट्रपति निर्वाचन फागुन २५ गते हुने



काठमाडौं, १६ माघ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति र तालिका सार्वजनिक गरेको छ । आयोगले आज पत्रकार सम्मेलन गर्दै फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने जानकारी दिएको हो ।

सातै प्रदेशमा मतदान गर्ने प्रयास गरेपनि सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन १० गते हुने भएको छ । दाबी, विरोध, उजुरी लगायतका कामहरु १० र ११ गते तथा निवेदन तथा उजुरी उपर छानबिन ११ र १२ गर्ने तालिका तय भएको छ ।

अन्तिम मतदाता नामावली १२ गते प्रकाशन हुने छ भने उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने १३ गते हुनेछ । उम्मेदवारको नामावली १५ गते प्रकाशत हुनेछ भने उम्मेदवारले नाम फिर्ता लिने समय १६ गतेका लागि तय भएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गते साँझ गर्ने कार्यतालिका तय भएको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता भने फागुन २७ गते हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते प्रकाशित गर्ने तालिका छ ।

आयोगले पाँच वर्षको अवधि नघट्ने गरी निर्वाचन तालिका बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदैछ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।