२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ज्ञापन पत्र ‘महँगी नियन्त्रण गर्नुस्, जनतालाई बाँच्न धौ-धौ भो’



काठमाडौं, १७ माघ ।  नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्नसमेत धौ-धौ भइरहेको भन्दै ज्ञापन पत्र बुझाएका हुन् ।

एकीकृत समाजवादीले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको छ ।

बढ्दो महँगी नियन्त्रण गर्नसमेत अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग माग गरेका छन् । महँगी बढ्दै जाँदा जनतामा निराशा र राजनीति प्रति नै वितृष्णा देखिएको एकीकृत समाजवादीको भनाइ छ । ज्ञापन पत्रमा भनिएको छ, ‘आम जनताका समस्या समाधान गर्दै निराश हुनबाट जोगाउनु सरकारको कर्तव्य हो ।’ सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्नलगायतका माग पनि समाजवादीले गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।