
भक्तपुर
१७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आफू सहमती कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । आज ओलि निवास वालकोटमा भएको भेटवार्ता क्रममा नेता लामिछानेलाई गृहमन्त्री बनाउने पक्षमा आफू रहेको बताएका हुन् । सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको अध्यक्ष ओलिको सचिवालयले जनाएको छ ।







प्रतिक्रिया