१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी पुर्जा




सिन्धुपाल्चोक
१८ माघ । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ । जुगल गाउँपालिका २, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन् ।
प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मङ्गलबार पुर्जा वितरण गरेका छन् । विसं २०७७ साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा बस्तीमाथिबाट पहिरो जाँदा दुई सय नौ परिवार विस्थापित भएका थिए । तीमध्ये ४१ परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका ४ देउरालीमा सुरक्षित जग्गा व्यवस्थापन गर्दै जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोका अनुसार नयाँ बस्ती विकास गर्ने गरी जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको हो । आगामी दिनमा बाढी प्रभावित र विस्थापितका लागि आयआर्जन, स्वरोजगार बन्न थप कार्यक्रम ल्याइने उहाँको भनाइ छ । पीडित ६४ परिवारलाई सेलाङको बाँसखर्क, २७ परिवारलाई बराम्चीको चनौटे तथा ७५ परिवारलाई लिदीको सिमलडाँडामा स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । विस्थापितलाई आवास निर्माणका लागि सरकारले प्रतिपरिवार रु पाँच लाख उपलब्ध गराएको थियोे ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।