२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने, रास्वपाको अल्टिमेटमबारे छलफल हुने



फाइल तस्विर

काठमाडौ
२० माघ । आन्तरिक पदीय जिम्मेवारी मिलाउन आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । दिउँसो दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा पार्टीको आन्तरिक गतिविधि, सरकार सञ्चालनमा पार्टीको भूमिका, पार्टीका नेताको जिम्मेवारी हेरफेर लगायतका विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिनको अल्टिमेटम सरकारबाट बाहिरिने समय सिमा बढाएसँगै यस विषयमा पनि पार्टीभित्र छलफल हुने अपेक्षा गरिएको छ ।
नेकपा माओवादीभित्र अर्थमन्त्री र गृहमन्त्रीजस्तो महत्वपूर्ण पद सरकार सञ्चालन गर्ने पार्टीकै हुनु पर्ने यसअघिको प्रचलन विपरित सरकारको नेतृत्व माओवादीले गरिरहेकोमा असन्तुष्टि छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रविलामिछाने नागरिकता विवादमा संसद र गृहमन्त्रीबाट निलम्बित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेलाई सोही पदमा पुर्नवाहली गर्न अनुच्छुक छन् भने सत्ता साझोदार नेकपा एमालेका अध्यक्ष केप ीओली लामिछानेलाई मन्त्री बनाउन राजी छन् ।
राष्ट्रिय स्वतन्त्र पाटी सरकारबाट वाहिरिए सरकारको समिकरणमा परिवर्तन आउने र राजनीतिले नयाँ मोड लिन सक्ने आशंका गरिएको छ ।
पार्टीभित्र पछिल्लो समय जिम्मेवारीको विषयलाई लिएर मतभेद छ । आन्तरिक पदीय भागबण्डा मिलाउन माओवादीले आठौं महाधिवेशनमा अध्यक्ष र केन्द्रिय सदस्यलगायत पदहरुको नामावली सार्वजनिक गरेर पछि मात्रै अन्य पदबरे निर्णय गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।