२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति




काठमाडौं, २९ माघ । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ। सिंहदरबारमा भएको छलफलमा ६ बुँदे सहमति भएको हो। यो सहमतिसँगै चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

ट्रमा सेन्टरका डा जनिथ सिंहमाथि प्रहरीले आक्रमण गरेपछि चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। उक्त निर्णपछि सरकारले बिहानै वार्ता सुरु गरेको थियो।

वार्तामा घटनाका दोषिलाई एक हप्ताभित्र छानबिन सम्पन्न गरी कारबाही गर्ने, विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्ने लगायतका बुँदा रहेका छन्।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।