
काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउन सत्ता गठबन्धनमा छलफल भएको छ।
आइतबार बिहान बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे छलफल भएको हो।
संयन्त्र बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्ने बताए । त्यसका बारेमा केही प्राविधिक समस्या पनि छन्, छलफल भइराखेको बताए ।
बालुवाटारमा भएको संयन्त्र बैठकमा रास्वपा सभापति लामिछाने पनि सहभागी थिए।








प्रतिक्रिया