२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अस्ट्रेलियाको भिक्टोरियामा नेपालीद्धारा बनाइएको मन्दिरमा सामुहिक ब्रतबन्ध




भिक्टोरिया
१ फागुन । बअस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अबस्थित द ग्रेट स्तुपा अफ युनिर्भसल कम्पान्सनको हाताभित्र बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको छ ।
उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठद्धारा आफ्नी दिबंग छोरी बृस्टि श्रेष्ठको संझनामा निर्मित गणेश मन्दिर (नेपालीद्धारा भिक्टोरियामा बनाइएको पहिलो मन्दिर) परिसरमा आयोजना गरिएको पहिलो सामुहिक ब्रतबन्ध कार्यक्रममा भिक्टोरिया ८ जनाको सामुहिक ब्रतबन्ध गरिएको हो । बैतबन्ध पंडित शंकरप्रसाद गौतमले परंपरागत बिधिपूर्बक गराइएको थिए ।
सानो समालोचनात्मक छलफलका आधारमा ८ जनाको सहभागिता ठीकको संख्या भएको र सहभागी प्रत्येकलाई ब्रतबन्ध गर्दा अपनाइनुपर्ने परंपरागत सम्पूर्ण बिधिमा राम्रोसंग सहभागी गराउन भबिष्यमा बढीमा १० जनासम्मलाई संलग्न गराउने बताइएको छ ।
सामुहिक ब्रतबन्धको लागि आबस्यक संपूर्ण सामग्रीको ब्यबस्थापन र अन्य ब्यबस्थाको लागि संयोजनकारी भूमिका उमेश श्रेष्ठद्धले गरिएको थिए । कार्यक्रम गर्दा उठेको रकमबाट सम्पूर्ण खर्च कटाएर बाँकी रकम मन्दिर बिस्तारको योजनामा खचिने बताइएको छ ।
कार्यक्रममा नेपाल सरकारको पुर्वसचिब विश्व मान श्रेष्ठ, लुम्बिनीकपिलवस्तु विश्व अभियानका विश्व सल्लाहकार रामकुमार श्रेष्ठ, पूर्व सह सचिब एबं लेखिका एबं साहित्यकार मोती शोभा श्रेष्ठलगायत एक सय जनाको उपस्थिति थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।