२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुुद्धनगरमा ग्याँस विस्पोटनमा परि काँग्रेस नेता गम्भिर घाइते,उनकी आमाको अवस्था चिन्तजनक




काठमाडौं
४ फागुन । काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्याँस विस्पोट हुँदा नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । ग्याँस विस्पोटमा उनकी आमाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएपछि उनीहरुलाई उपचारका लागि काठमाडौं किर्तिपुरस्थित अस्पताल लगिएको थियो । डाक्टरहरुले नेता भण्डारीको शरिरको २५ प्रतिशत र उनको आमाको शरिरमा ७५ प्रतिशत भाग जलेको छ ।

भण्डारी गुल्मी क्षेत्र नं.१बाट गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा विपयी भएका हुन् । भण्डारी स्वच्छ छविका नेताका रुपमा नेपाली राजनीतिमा परिचित छन् । १५ प्रतिशतभन्दा धेरै भाग शरिरमा आगोले जलेको अवस्थामा बचाउन कठीन हुने डाक्टरहरु बताउने गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।