
काठमाडौं ७ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागारमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि सांसद चौधरीलाई जिल्ला कारागार कैलालीले आइतबार मुक्त गरेको हो ।
जिल्ला कारागारले प्रजातन्त्र दिवसका अवसरमा आममाफी पाएका अन्य तीनजनालाई पनि आज मुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा तीन सय ९५ कैदीको सजाय माफी गरेकी छिन् ।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आगो लगाएको मुद्दामा दोषी भई कैद सजाय पाएको खुलेपछि गत १९ माघमा बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पक्राउ परेका थिए । कैलालीको लम्कीका महादेव बजगाइको ट्याक्टरमा आगो लगाएको मुद्दामा जिल्ला कारागार कैलालीले करिब १० वर्षअघि चौधरीसहित तीनजनालाई दोषी ठहर गर्दै जनही छ महिना कैद र कुल आठ लाख १९ हजार ४२३ रुपैयाँ बिगो असुल्ने फैसला गरेको खुलेको थियो ।








प्रतिक्रिया