
काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साँझ ५ बजे पुराना गठबन्धनका दलहरू एकैठाउँ उभिने दाबी गरेका छन् ।
बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकबाट बाहिरिँदै उनले यस्तो दाबी गरेका हुन् । ‘अहिलेचाहिँ दलगतरूपमा आएका प्रस्तावहरूका बारेमा पनि छलफल गर्यौँ । साँझ ५ बजे भने हामी पुन: बस्नेछौँ,’ उनले भनेका छन् ।
साँझ ५ बजे पुन: बैठक बस्ने र अन्तिम निर्णय गर्ने उनले बताए ।








प्रतिक्रिया