२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपा नेपालका केन्द्रीय सदस्य दिक्पाल जंग थापा राष्ट्रिय युवा मोर्चामा प्रवेश



काठमाडौं, १८ फागुन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका केन्द्रीय सदस्य एवम् युवा नेता दिक्पाल जंग थापा राप्रपामा प्रवेश गरेका छन् ।

थापा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको भातृ संगठन राष्ट्रिय युवा मोर्चामा प्रवेश गरेका हुन् । उनलाई विधान बमोजिम संगठनको केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारी समेत दिइएको छ ।

थापालाई केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले खादा ओडाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि थापाले आफ्नो जिम्मेवारी दृढ ढंगले निर्वाह गर्ने प्रतिवद्धता समेत जनाए । पछिल्लो समय कमल थापा नेतृत्वको राप्रपा नेपालभित्र नेता कार्यकर्तामा तिव्र असन्तुष्टी बढेको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १२ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।