२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीकी उपमेयर अधिकारीले धरान पुगेर बोकिन् ढुंगा



ललितपुर
२३ फागुन ।गोदावरीकी उपमेयर मुना अधिकारीले धरान पुगेर पानी ट्यांकी निर्माणका लागि श्रमदान गरेकी छिन् । धरानका मेयर हर्क साङपाङ राईले गोदावरी नगरपालिकाकी उपमेयर अधिकारी र गोदावरी ३ गोदावरीका वडाध्यक्ष सानुराजा(राज) घिमिरेलाई ढुंगा बोकाएको भिडियो सार्वजनिक गरेका छन् ।
उनले उपमेयर अधिकारीलाई ढुंगा दिदै गरेको भिडियो देखिन्छ । भिडियोमा मेयर साङपाङ राईले गीत पनि गाएका छन् । उनले भनेका छन्, ‘ढुंगा नबोकी यो देश बन्दैन ।’ आफूहरु धरानमा धन्यवाद पानी ट्यांकी निर्माणका लागि ढुंगा बोकेको उल्येख गरेका छन् ।
उपमेयर अधिकारीको केही समयअघि ढुंगा बोकेको तस्विर सार्वजनिक भएको थियो । तस्विर सार्वजनिक भएसँगै श्रमदान नगरेको र तस्विर मात्रै खिचेर फर्केको भन्दै सामाजिक सञ्जालमा टिप्पणीहरु आएका थिए ।
मेयर साङपाङ राईले धरानमा श्रमदान अभियान चलाएर विभिन्न योजना अघि बढाएका छन् । उनले धरान आउने जनप्रतिनिधिहरुलाई जनश्रमदानमा सघाउन अनुरोध गरेका छन् । भने देशका उच्च पदस्थ अधिकारीहरुलाई जनश्रमदान गर्न धरान आउन अनुरोध गर्ने गरेका छन् । उपमेयर अधिकारी दोश्रो कार्यकालका लागि गत स्थानीय निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी थिइन् । वडाध्यक्ष घिमिरे भने पहिलोपल्ट वडाध्यक्षमा विजयी भएका हुन् । उनी लुट चलचित्रका नायकको रुपमा अभियन समेत गरेका छन् र

सार्वजनिक भिडियो :

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ३ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।