२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले अध्यक्ष ओली माधव नेपाललाई समवेदना दिन शङ्खमूलमा



काठमाडौं
२४ फागुन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समवेदना दिएका छन् ।
आज बुधबार दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा पुगेर अध्यक्ष ओलीले नेपाललाई भेटेरै समवेदना दिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।
अध्यक्ष नेपालका भाइ तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शनिबार भएको दुःखद् निधनमा अध्यक्ष ओली समवेदना दिन त्यहाँ पुगेका थिए । शङ्खमूलस्थित बबिन्स क्याफेको छैटौँ तलाबाट खसेर गम्भीर घाइते हभएका उपाध्यायको उपचारका क्रममा शनिबार निधन भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।