२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिका उम्मेदवार रामचन्द्र र सुवासले गरे मतदान



काठमाडौं
२५ फागुन । राष्ट्रपतिका उम्मेदवारहरु सुवासचन्द्र नेम्वाङ रामचन्द्र पौडेलले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उनीहरुले केहीबेर अघि मतदान गरेका हुन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताको अभिभावकको रुपमा काम गर्ने बताएका छन् । उनले निर्वाचित भएमा जनतालाई सास्ती दिने गतिविधि नगर्नेसमेत उनले प्रतिबद्धता जनाए ।
उनले भने, “राष्ट्रपतिमा निर्वाचित भएपछि मैले सवारीको नाममा जनतालाई सास्ती दिने छैन । सडकमा सवारी जाम तथा हवाई यात्राका क्रममा आकाशमा हवाई उडान प्रभावित हुने काम मेरो कार्यकालमा हुने छैन । जनतालाई सास्ती हैन, अभिभावकको महसुस गराउनेछु ।”
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका पौडेल र नेकपा (एमाले) का नेम्वाङ प्रतिस्पर्धामा छन् ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।