२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्टपति निर्वाचन : नेमकिपाद्वारा बहिष्कार




भक्तपुर
२५ फागुन । विहीबार विहान १० बजेदेखि भइरहेको राष्टपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट मतदान नहुने भएको छ ।
पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा विहीबार विहान बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमसीसी खारेजीको विषयलगायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदबारहरुले प्रतिवद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको पार्टीलले जनाएको छ । पार्टीबाट एक जना प्रतिनिधि सभा र तीन जना बागमति प्रदेशसभा सदस्य छन् ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।