२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध दुई उजुरी



काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव विरुद्ध दुई वटा उजुरी परेका छन् । यादव विरुद्ध नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीको तर्फबाट छुट्टाछुट्टै उजुरी परेका हुन् ।

दुवै उजुरीमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि पुरुष राष्ट्रपति निर्वाचित भइसकेको अवस्थामा यादवको उम्मेदवारी संविधान विपरीत भएको जिकिर गर्दै यादवको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम अनुसार आज बेलुकी ६ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।