२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गायक योगेश्वर अमात्यद्वारा चापागाँउमा बुद्ध मूर्ति चोरी घटनाको अवलोकन



ललितखबर, चापागाँउ
१ चैत्र । गायक योगेश्वर अमात्य,रवि शाक्य,यादवलाल कायस्थ र शिव महर्जनलगायत सम्पदा बचाउ अभियानले चापागाँउ बुद्ध मूर्ति चोरी घटनाको अवलोकन गर्दै घटनाको निन्दा गरेका छन् । टोलीले चाँडोभन्दा चाँडो मूर्ति चोर्नेहरुको खोजी गरी सार्वजनिक गर्न माग गरेका छन् ।
गायक अमात्यले मूर्ति चोरी जोगाउन स्थानीयहरु सजक हुनु पर्ने बताए । ‘अभियन्ताले त मूर्ति खोजी गर्न दबाब दिने हो ।’ उनले भने ।
मूर्तिकार समेत रहेका अभियन्ता रवि शाक्यले चापागाँउमा रहेको मूर्ति ३ सयबर्षभन्दा अघि रहेको बताए । उनले भने, ‘यहाँ रहेका मूर्तिहरु पञ्चबुद्धको मूर्ति हुन् । जुन सिद्धार्थ बुद्धको भन्दा धेरै समयअघिको बुद्धको हो ।’
सिसिटिभि फेला
गत आइतबार राती स्तुपामा २ वटा मूर्ति चोरी हुँदाको सिसिटिभि फेला परेको छ । स्तुपाको नजिकै गल्लीमा रहेको सुन पसल अगाडि राखिएको सिसिटिभिमा मूर्ति चोरीको भिडियो खिचिएको हो ।
स्तुपाको मूर्ति निकालेर गल्लीतर्फ जाँदै गर्दाको भिडियो भेटिएको छ । मूर्ति चोरी गरेर ३ मिनेटको फरकमा मूर्ति लगेको देखिन्छ ।
स्तुपाको चारैतिर बुद्धका विभिन्न अवतारको चारवटा मूर्ति थिए । गएको फागुन १७ गते रातमा एउटा मूर्ति चोरी भएकोमा ११ दिनपछि गत सोमबार २८ गते राती थप २ वटा बुद्धको मूर्ति चोरी भएको थियो ।
महानगरिय प्रहरी बृत्त चापागाँउ कार्यालयको करिव २ सय मिटर नजिकै श्रृखलाबद्ध चोरी भएको हो । करिव २० मिटर टाढा चापागाँउ बसपार्कमा समेत प्रहरीको ड्युटी रहने गरेको छ ।
यस स्तुपाको पूर्वतर्फ सडक अगाडिको एउटा मूर्ति मात्रै बाँकी छ । यस मूर्तिको नजिकै छिनोले हानेको देखिएको छ । सडकअगाडि भएर कसैले देख्ने डरले नजिकालेको हुनसक्ने स्थानीयहरु बताउछन् । सिमेन्टले अड्याइएको मूर्तिहरु सिझिलै निकालेर लगेको देख्न सकिन्छ । चोरी गर्नेले सो मूर्ति ३ मिनेटमै निकालेको बुझ्न सकिन्छ ।
पुरातत्व विभागबाट समेत मूर्ति चोरी घटनाको अवलोकन गरेर फर्केको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।