५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अध्यक्षकी उम्मेदवार रेजिनाद्वारा प्यानल र एजेण्डा सार्वजनिक



काठमाडौं, १ चैत । चलचित्र कलाकार संघको अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले आफ्नो प्यानल सार्वजनिक गरेकी छन् । बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले ११ बुँदे घोषणा पत्रसहित प्यानल समेत सार्वजनिक गरेकी हुन् ।

उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिबहरी नेपाल बैरागी, सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा बिनोद कुमार भट्टराई सदस्यमा रञ्जना खड्का खुस्बु, खिन्न भण्डारी भोला, निर्मल स्याङताङ, लक्ष्मण चौलागाई, इश्वर बल्लभ उप्रेती, दिल ब दोङ, रामकुमार कार्की, राजेश गोसाई, नितु कोइराला, भिमसेन बजगाई र दिनेश अवाल रहेका छन् ।

घोषणा कार्यक्रममा वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, वरिष्ठ निर्देशक नारायण पुरी, निर्देशक राजेन्द्र खड्गी, अभिनेता रमेश उप्रेती लगायत थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रेजिनाले सार्वजनिक गरेको ११ बुँदे घोषणा पत्रमा कार्यालय व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेभसाइट ब्याबस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्ति विकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष वृद्धि योजना, अन्तरक्रिया तथा गोष्ठी, संघको शाखा बिस्तार र कलाकारको सामाजिक सुरक्षा रहेका छन् ।

संघको महाधिवेशन तथा निर्वाचन आगामी चैत ४ गते आयोजना हुँदैन । संघको अध्यक्षमा रेजिनासहित मोहन निरौला पनि उम्मेदवार बन्दैछन् । रेजिना र मोहन वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ११ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।