२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अशक्त ३०जनालाई ह्वीलचियर वितरण


१८ आश्विन २०७६, शनिबार  

0
Shares

१८असोज ०७६,ललितपुर। काठमान्डाैंकाे बालाजुमा शारीरिकरुपमा अशक्त व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र, इन्फिनिटी ल्याब र बालाजु स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी कलेजको संयुक्त सहभागितामा निर्माण गरिएको ह्वीलचियर ३० जनालाई वितरण गरिएको हो ।

रिपब्लिक अफ सान मारिनो सरकारको रु छ लाख ५० हजार आर्थिक सहयोगमा निर्माण गरिएको उक्त ह्वीलचियर सान मारिनोका पूर्वराष्ट्रप्रमुख मिर्को तोमा सोनीले हिजो वितरण गर्नुभयो ।

कार्यक्रममा पूर्वराष्ट्रप्रमुख सोनीले शारीरिकरुपमा अशक्त भएका व्यक्तिलाई सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । “म आफुँ अशक्त भएकाले अशक्तहरुको पीडा मैले बुझेको छु, त्यसैले मजस्ता अरु व्यक्तिको सहयोग गर्न पाउँदा मलाई आनन्द आउँछ,”–उहाँले भन्नुभयो । आगामी दिनमा पनि सहयोग्रगर्ने बचन पनि दिनु भयो

बालाजु स्कूल अफ इन्जिनीयरीङ एण्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मल न्यौपानेले बालाजु कलेजले विभिन्न सङ्घ संस्थाको सहयोगमा सामाग्री उत्पादन गरी सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । स्वाबलम्बन जीवन पद्दती केन्द्रका अध्यक्ष गणेश केसीले केन्द्रले विस २०६३ देखि ह्वीलचियर निर्माण गरि शारिरीक अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । केन्द्रले हालसम्म २०० भन्दा बढी व्यक्तिलाई ह्वीलचियर प्रदान गरिसकेको जानकारी दिनु भयो ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।