२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


स्व. कलाकार बीएस राणाको परिवारलाई १ लाख सहयोग



काठमाडौं, ९ चैत । स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगका लागि चलचित्रकर्मी कल्याणकारी कोषबाट रु. एक लाख सहयोग गरिएको छ।

चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरेको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक वशुन्धरा भुषालले हस्तान्तरण गरिन्।

सहयोग हस्तान्तरणको समयमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, संघकै सह-कोषाध्यक्ष पवित्रा आचार्य लगायतका कलाकार उपस्थित थिए।

गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौँको गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। स्नेही काखले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।