काठमाडौं
१० चैत । राष्ट्रिय जनगणना २०७८ को नतिजा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
्
ज्नगणना लगत्तै सरकारले निकालेको प्रारम्भिक रिपोर्टभन्दा अहिले २७ हजार ९०२ जना कम संख्या देखाइएको छ ।
त्यसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) रहेको छ ।
गत २०६८ सालको जनगणनामा जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो ।
राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो ।








प्रतिक्रिया