२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप



विराटनगर, १४  चैत । विराटनगरमा कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा उनीहरुले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् ।

प्रहरीले अगाडि बढ्न नदिएपछि आक्रोशित भएको आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा गरेका हुन् ।

आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन् । प्रहरीले आन्दोलनकारीमाथि ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । यस्तै स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा पनि प्रहार गरेको छ ।

प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।चैत ५ गते भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा चैत १० गते मृत्यु भएपछि आन्दोलनले उग्र रुप लिँदै गएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।