२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछानेले दिए उम्मेदवारी



सोमबार विहानै निर्वाचन अधिकृतको कार्यालय चितवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन्

२० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले सोमबार विहानै निर्वाचन अधिकृतको कार्यालय चितवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यकोे निर्वाचनमा विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए ।
लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।