काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । राहदानी दुरुपयोगको उजुरीमा गैरकानुनी रुपमा उनलाई उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्ने निर्णय भएको उनले रिट निवेदनमा माग गरेका छन् ।
अधिवक्ता सफलले रविमाथि मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गरेका छन् । रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।








प्रतिक्रिया