२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले, समर्थन कायमै



२१ चैत्र । मधेश प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधनप्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री यादवले पाँचैजना मन्त्रीको राजीनामा स्वीकृत गरेका छन्। एमालेले सरकारले दिएको समर्थन भने फिर्ता नलिने जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ११ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।