२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


शाहरुख खान बने विश्वकै प्रभावशाली व्यक्ति



एजेन्सी । बलिउड अभिनेता शाहरुख खान विश्वकै सबैभन्दा प्रभावशाली व्यक्ति घोषणा भएका छन्। प्रतिष्ठित पत्रिका टाइम म्यागजिनले ‘टाइम हन्ड्रेड पोल’ शाहरुखलाई पहिलो नम्बरमा राखेको हो।
एलन मस्क, लियोनल मेस्सी, मिसेल योह, सेरेना विलियम्स, मार्क जुकरबर्ग, बेयोन्सेजस्ता चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई समेत उछिन्दै शाहरुखले प्रभावशाली व्यक्तिको उपाधि जितेका हुन्।
बलिउडका ठूला स्टारमध्ये एक शाहरुखले अहिलेसम्म १०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्।
शाहरुखपछि उक्त सूचीमा इस्लामिक गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने इरानी महिलाहरूलाई राखिएको छ। तेस्रो र चौथो स्थानमा क्रमशः प्रिन्स ह्यारी र मेगन मर्केल छन् भने पाँचौँ स्थानमा फुटबल खेलाडी मेस्सी छन्।

 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ४ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।