२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘गणपति’को टिजर सार्वजनिक



२७ चैत्र । चलचित्र ‘गणपति’को टिजर राजधानीमा सार्वजनिक गरिएको छ । यही जेठ ५ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजर हेर्दा कौतुहलता बढाउने किसिमको छ ।

चलचित्रको सविन अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा कलाकारहरु मुकुन भुषाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको अभिनय हेर्न सकिन्छ ।

चलचित्रको मुख्य कलाकार मुकुल भुषाल रहेका छन् । हरिबहादुर घलेको छायांकन छ । । एबिगम्यान फिल्मसको ब्यानरमा निर्माता लक्ष्मण थापाले लगानी गरेका छन् । छायांकन तनहुँ क्षेत्रमा गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।