२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दिपकराज गिरी विकाश बोर्ड अध्यक्ष भुवन केसीसँग आक्रोसित



२९ चैत्र ।चलचित्रको व्यापार आकडाको विषयलाई लिएर दिपकराज गिरी विकाश बोर्ड अध्यक्ष भुवन केसीसँग आक्रोसित बनेका छन् ।
चलचित्र विकाश बोर्डले सार्वजनिक गरेको नेपाली चलचित्रहरुको व्यापारसम्बन्धि रिपोर्टमा अभिनेता तथा निर्माता दिपकराज गिरीले गम्भिर आपत्ती जनाएका हुन् ।
सामाजिक सञ्जालमा गिरीले तल्लो स्तरको भाषा प्रयोग गर्दै विकाश वोर्डको अध्यक्षप्रति आक्रोस पोखेका हुन् । उनले लेखेका छन्, ‘यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा ।’
बोर्डले हालै प्रकाशन गरेको रिपोर्टमा प्रर्दशनमा रहेकोे चलचित्र छक्का पञ्जा ४ ले १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ ग्रस कलेक्शन गरेको रिपोर्ट सार्वजनिक गरेको थियो । यो रिपोर्ट दोश्रो धेरै कलेक्सन भएको रिपोर्ट हो ।
यस बर्ष रु २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गरेर सबैभन्दा धेरै व्यापार गरेको चलचित्र भएको उल्येख छ ।
अभिनेता तथा आफ्ना छोरा अनमोल केसीद्वारा अभिनित छड्के २ निर्माता दिपकराज गिरीको चलचित्रसँग जुधाएर प्रर्दशन गरिएसँगै दुवैबीचको सम्बन्धमा खटपट आएको अनुमान सिनेबजारमा गरिएको छ । अनमोल केसीको चलचित्र छड्के २ सुपर फ्लप भएपछि उनले दर्शकसँग माफी समेत मागेका थिए ।
छक्का पञ्जा ४ ले ५० दिनदेखि बक्स अफिसमा तहल्का मच्चाइरहेको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।