५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोली लागेर नेता वर्षमान पुनकी आमा घाइते



काठमाडौं, २ वैशाख । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा गोली लागेर घाइते भएकी छिन् । शुक्रबार राति नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी हुन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

शुक्रबार राति साढे ९ बजे बालुवाटरस्थित वर्षमानका दाइको घरमा बसिरहेको बेला प्रहरी सहायक हवलदारसमेत रहेका प्रकाश पुनमगरले बोकेको पेस्तोल पड्किएको थियो।

प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षा टिममा खटिएका सहायक हवलदार हुन्। गोली लागेपछि घाइते तिर्थमालीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली हान्ने नियतले नभई दुर्घटनावश पेस्तोल पड्किएको प्रहरी स्रोतको दाबी छ। यद्यपि, घटनाबारे अनुसन्धान जारी छ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ५ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।