२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झडपबारे अध्ययन गर्न सहायक प्रजिअको संयोजकत्वमा समिति गठन



काठमाडौँ, ५ वैशाख । सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ ।
पाण्डेको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एक÷एक जना प्रतिनिधि सहभागी हुनुहुन्छ । संयोजक पाण्डेले सत्यतथ्य पत्ता लगाई पाँच दिनभित्रमा प्रतिवेदन बुझाउने गरी आज समिति बनेको जानकारी दिए ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भएको पत्रकार भेटघाटमा उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिए । उनले घाइते भएका प्रहरी र पीडितलाई आफूले भेट गरी स्वास्थ्यलाभको समेत कामना गरेको बताए । उनले उक्त समितिको प्रतिवेदनका आधारमा मन्त्रालय अघि बढ्ने बताए ।

पीडितले आजै अन्तिम दिन हो आन्दोलन गर्ने भन्दै लाँठी, ढुङ्गा थुपारेर बसेको चाल पाएपछि प्रहरीले आवश्यक सावधानी अपनाउँदै गेट लगाउने क्रममा प्रहरीमाथि नै ढुङ्गा प्रहार भएपछि घटना भएको आफूले जानकारी पाएको गृहमन्त्री श्रेष्ठले बताए । जोसुकैबाट घटना भए पनि आफू दुखित भएको उनले बताए ।

सरकारले यसअघि तराईबाट पैदलै काठमाडौँ आएका मिटरब्याजी पीडितसँग एउटा सहमति गरी कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको र आयोग बनाएर आवश्यक अध्ययन अनुसन्धान थालिसकेको अवस्थामा त्यो सम्झौता अपुरो भएको भन्दै पुनः यो समूह आएर आन्दोलन थालेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।