२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा स्वर्णिम वाग्लेको अग्रता



११ बैशाख । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।

गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिएका हुन् । हालसम्म छ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका छन् । आँबुखैरेनी १, आँबुखैरेनी २, भानु १०, भानु ८, भानु ३, भानु ७ र को नौ हजार दुई सय ५७ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले दुई हजार तीन सय ५१ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले एक हजार पाँच सय ४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिएका छन् ।

आँबुखैरेनी १ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका डा वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गरेका छन् । आँबुखैरेनी २ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका डा वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गरेका छन् । भानु ३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका डा वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत प्राप्त गरेका छन् । भानु ७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका डा वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत प्राप्त गरेका छन् ।

भानु ८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गरेका छन् ।
भानु १० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका डा वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत प्राप्त गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।